पार्टी स्थापना दिवसको अवसरमा राप्रपा बुटवलद्धारा स्वास्थ्य सामग्री वितरण


appharu

१५ जेष्ठ २०७८, शनिबार १७:४५ मा प्रकाशित

पालिकापत्र, बुटवल ।
राष्ट्रिय प्रजातान्त्र पार्टी बुटवलले आफ्नो स्थापना दिवसमा अवसर पारेर स्वास्थ्य सामग्री वितरण गरेको छ । पार्टीले ३१ औ स्थापना दिवसको उपलक्ष्यमा राप्रपा लुम्बिनीले लुम्बिनी प्रादेशिक अस्पतालमा र बुटवल धागो कारखानामा रहेको कोरोना विषेश अस्पतालमा उपचाररत विरामी र अग्रपंक्तिमा रहेर विरामीहरुलाई सेवा दिएका स्वास्थ्यकर्मीहरुलाई पौष्टिक आहार र स्वास्थ्य सामग्री वितरण गरेको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसिन एंव फोकल पर्सन डाक्टर नन्दु पाठक र बालरोग विशेषज्ञ डा. नेत्र रानालाई उक्त सामग्री वितरण गरेको राप्रपाले जनाएको छ ।

सामग्री वितरणमा राप्रपा बुटवल नगर अध्यक्ष निरज प्रताप खाँण, राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्साल, राप्रपा केन्द्रीय सदस्य इर्शाद आलाम मिया, राप्रपा देवदह नगर अध्यक्ष माधव रिमाल क्षेत्र नं.२ सचिव लक्ष्मण श्रेष्ठ, प्रदेश सभा २ क संयोजक मित्रलाल कुँवर, प्रदेश सभा २ ख संयोजक शंकर न्यौपाने, क्षेत्र नं.१ प्रदेश सभा क संयोजक कमल गौतम, राप्रपा बुटवल वडा नं. ५ अध्यक्ष विनय कौशोधन, राप्रयुस केन्द्रिय सदस्य ज्ञानु तिवारी र महिला नेतृ भगवती पाण्डेको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्