बुटवलको जितगढीमा ५० शैयाको कोभिड अस्पताल सञ्चालन


appharu

१८ जेष्ठ २०७८, मंगलवार १६:१० मा प्रकाशित

पालिकापत्र संवाददाता, बुटवल।

१३ बेलबासस्थित एडमण्ड सिटी अस्पतालले कोभिड महामारीलाई लक्षित गर्दै ५० बेडको कोभिड अस्पताल संचालनमा ल्याएको छ ।
यो अस्पतालले २०७७ सालमा नेपाल सरकारबाट ५० शैयाको अस्पतालको सम्बन्धन स्वीकृति प्राप्त गरेको हो । करिब १ विगाहा क्षेत्रफलमा निर्मित भवनमा भेन्टिलेटरसहित ८ शैयाको आइसीयू कक्ष, ७ शैयाको एचडीयू कक्ष तथा ३५ शैय्याको आइसोलेसन कक्षसहित ५० शैयाको कोभिड लक्षित अस्पताल संचालनमा ल्याइएको अस्पतालका अध्यक्ष प्रकाश रानाले बताए ।

१८ गते मंगलबार ९आज० देखि अस्पताल पूर्ण संचालनमा आएको हो । अस्पतालमा विशेषज्ञ चिकित्सक ४ जना, मेडिकल अफिसर १०, नर्सिङ्ग स्टाफ ३८, प्यारामेडिक २२ र अन्य कर्मचारीसहित १ सय ४० जना कार्यरत रहने अध्यक्ष रानाले जानकारी दिए ।

नेपालमा कोभिडको संक्रमण जोखिम कायमै रहेकाले कोभिड नियन्त्रण, रोकथाम र उपचारमा राज्यलाई टेवा पु¥याउने उद्देश्यले अस्पताल संचालनमा ल्याइएको अध्यक्ष रानाले बताए । ‘सामाजिक उत्तरदायित्व वहन गर्दै चुनौति र कठिनाईका बावजुद कोभिड अस्पताल सञ्चालनमा ल्याएका हौं,हामीले सरकारले तोकेको शुल्क भन्दा बढी लिंदैनौं’–अध्यक्ष रानाले भने ।

कोभिड महामारी अन्त्य भएमा सोही अस्पतालमा अन्य उपकरण थप गरी ट्रमा सेन्टर, न्यूरो तथा क्यान्सर रोग उपचार लगायतका महत्वपूर्ण कार्यहरु गर्ने लक्षका साथ योजनाहरु बनाइएको अस्पतालले जनाएको छ ।

बुटवलमा एक बिगाहा क्षेत्रफलमा सञ्चालनमा आएको यो नै पहिलो नीजि अस्पताल हो । सरकारले जारी गरेको सबै प्रकारका मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याइएको अस्पतालमा फिभर क्लिनिक, ईमर्जेन्सी सेवा, प्रयोगशाला, एक्सरे तथा फार्मेसी २४ सै घण्टा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्