लोक सेवा : समसामयिक वस्तुगत प्रश्नोत्तर


appharu

१८ जेष्ठ २०७८, मंगलवार १९:०६ मा प्रकाशित

काठमाडौं ।

१. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’को शुभारम्भ कहिले गरेको हो ?
विसं २०७७ माघ २ ।
– सञ्चार तथा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले यो एप प्रयोगमा ल्याएको ।
– यस एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सकिने ।
– त्यस्तै, नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्न सकिने साथै सरकारलाई तिरेको करको विवरण समेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने ।
– हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरका आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत एप प्रयोग
गर्न सकिने ।
– सो सेवा प्रप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण
उल्लेख गर्नुपर्ने ।
– एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्रलगायतका सेवाहरू थप गर्दै लगिने ।
– नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा अनि दोस्रो चरणमा अर्धसरकारी सेवा समेटिने जनाइएको ।
– नागरिक एपबाट सेवा प्राप्त गर्न एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘प्ले स्टोर’ र आइफोन प्रयोगकर्ताले एप स्टोरबाट ‘नागरिक एप–बेटा’ डाउनलोड गर्नुपर्ने ।

२. सरकारले कुन अवधि सम्ममा डिजिटल नेपाल बनाउने कार्यक्रम तय गरेको छ ?
सन् २०२५ ।

३. मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिनेगरी नेपाल ‘पासपोर्ट’ एपको शुभारम्भ कहिले गरियो ?
विसं २०७३ पुस १९ ।

४. हाल (२०७७ माघ) स्वास्थ्य बीमा लागू गर्ने जिल्ला कति पुगेका छन् ?
६४ (६४ औँ जिल्ला स्लमजुङ ।)
– लमजुङमा २०७७ माघ २ गते देखि स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको । अब १३ जिल्लामा विस्तार हुन बाँकी रहेको ।
– आउँदो आर्थिक वर्षमा नेपालका ७७ वटै जिल्लामा यो कार्यक्रम लागू गरिने योजना रहेको ।

५. बाल तथा मातृ मृत्युदर कम गर्ने उद्देश्यका साथ ‘शून्य होम डेलिभरी’ अभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो ?
मालिका गाउँपालिका, गुल्मी ।
– (अभियानअन्तर्गत सो गाउँपालिकामा गर्भवती महिला भएको घरमा हरियो झण्डा गाड्ने गरिएको ।)

६.नेपाल सरकार मन्त्रिपरिषद् बैठकद्वारा नीति अनुसन्धन प्रतिष्ठान गठन गर्ने निर्णय कहिले भएको हो ?
विसं २०७५ असोज ५ ।

७. सरकारले नेपालका कति जातिलाई अल्पसङ्ख्यक जातिका रूपमा वर्गीकरण गरेको छ ?
९८ (विसं २०७४ वैशाख ८) ।

८. पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ?
परिभ्रमण ।
– (पृथ्वीले २३ घण्टा ५६ मिनेट ४।०९ सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्छ ।)

९. साधुसन्तले बाल्ने अग्निलाई के भनिन्छ ?
धुनी ।

१०. प्राचीनकालको ‘रामचरित्र मानस’ र आधुनिक कालको ‘कुष्णायन’ कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?
अवधी ।

११. व्यापार घाटा भन्नाले के बुझिन्छ ?
निर्यात व्यापारभन्दा आयात व्यापार बढी हुने ।

१२. हिमनदीले बगाएर ल्याएको हिमोढ (ढुङ्गा, माटो, बालुवा, झारपात आदि) ले नदीलाई रोकी बन्न जाने ताललाई के भनिन्छ ?
हिमोढ ताल ।

१३. तराई–मधेसीका जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी मार्ग निर्माण औपचारिक रूपमा कहिले सुरुवात भएको हो ?
 आर्थिक वर्ष २०६५/०६६ ।
– हाल (२०७७ पुस) सम्म समग्रमा आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत पुगेको ।
– आयोजना निर्माण थालनी गर्दा आव २०७४/०७५ मा सम्पन्न गर्ने भनिए पनि पछि संशोधन गरेर आव
२०७९/०८० पु¥याइएको ।
– आयोजना थालनीमा एक लेनको मात्र सडक हुने भनिएकोमा यसलाई वृद्धि गरेर दुई लेनको बनाइएको । त्यस्तै, पहिले कुल लम्बाइ १७९२ किमि रहेकोमा अहिले करिब ६२ किलोमिटर लम्बाइ थप हुन गई १८५४ किमि पुग्ने भएको ।
– अहिलेको जस्तो पूर्ण रूपमा बस्ती विकास भइनसकेको र यातायातको पहुँच नभएको अवस्थामा वर्षौंपहिले चिठीपत्र बोकेर एक पोस्टबाट अर्को पोस्टमा छिटो पुग्न सक्ने सिधा बाटो नक्साङ्कन गरेर हुलाकी सडक
अस्तित्वमा आएको थियो ।
– तराईका प्रायः सबैजसो जिल्ला सदरमुकामलाई छुने यो हुलाकी सडकलाई ‘पदम रोड’ पनि भनिन्छ ।
– भारतको सहयोगमा नेपाल सरकारले यो मार्ग निर्माणकार्य गरिरहेको छ ।

१४. बडघर प्रथा कुन समुदायमा प्रचलनमा रहेको छ ?
थारू ।

१५. बागलुङको रामरेखादेखि पर्वतको पाङ जोड्ने सिङ्गल स्पान झोलुङ्गेपुलको लम्बाइ कति रहेको छ ?
५६७ मिटर ।
– २०७७ वैशाखमै निर्माण सम्पन्न भएको सो पुलको उद्घाटन २०७७ माघ ३ मा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाद्वारा गरिएको । यो मुलुककै लामो सिङ्गल स्थान झोलुङ्गेपुलका रूपमा रहेको ।
– नेपालको सबैभन्दा लामो झोलुङ्गेपुल चाँदनी र दोधारा जोड्ने महाकाली नदीमाथि निर्मित (१४५२.९६ मिटर)पुल हो ।

१६. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?
महाभारत पर्वत ।
– (मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति र तल भासिएको भागलाई सन्नति भनिने ।)

१७. ग्रीष्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँद ऋतुमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ?
मनसुनी वायु ।

१८. मनसुनी वायु कति प्रकारका हुन्छन् ?
दुई (ग्रीष्मकालीन मनसुन र शीतकालीन मनसुन) ।

१९. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?
श्री ५ त्रिभुवन ।

प्रतिक्रिया दिनुहोस्