![](https://i0.wp.com/palikapatra.com/wp-content/uploads/2021/06/SANGHIYA-MAMILA.jpg?fit=1920%2C1080&ssl=1)
काठमाडौँ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को नमुना सार्वजनिक गरेको छ ।
मन्त्रालयले बुधवार नेपालको संविधानको अनुसूची ८ बमोजिम स्थानीय तहको अधिकारको सूचीमा रहेको मेलमिलाप र मध्यस्थतासम्बन्धी व्यवस्था तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ बमोजिम गठन हुने न्यायिक समितिले सोही ऐनमा उल्लेख गरिएका विवाद मेलमिलापको माध्यमबाट समाधान गर्ने कार्यमा सहयोग गर्न मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि बनाएको हो ।
गाउँ–नगरपालिकाको कार्यपालिकाले न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ जारी गरेको मन्त्रालयले जनाएको छ ।