पालिका पत्र/बुटवल ।
लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा)को प्रदेशसभा सदस्य समेत रहेकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।
जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ ।
उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाएका थिए ।