कोरोनाका कारण वडाध्यक्षको मृत्यु


appharu

२३ असार २०७८, बुधबार ०६:२४ मा प्रकाशित

बुटवल।
बुटवल उपमहानगरपालिका-१८ का वडाध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बुटवल–१८ का वडा अध्यक्ष ७२ वर्षीय हुमनाथ आचार्यको उपचारका क्रममा काठमाडौँमा सोमबार बिहान मृत्यु भएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टी भएपछि आचार्यको बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएको थियो । उपमहानगरपालिकाका प्रमुख सुवेदीका अनुसार एक हप्ताअघि परिवारले उनलाई काठमाडौँ लगेर उपचार गराईरहेका थिए । तर अचानक उहाँको निधन भयो । वडाध्यक्ष आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप लगाए पनि उनको मृत्यु भएको सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्