आफ्नै निर्णयमा अडिन नसक्ने यी जनप्रतिनिधि, कानुन बुज्न नसक्दा पदै धरापमा


appharu

२४ भाद्र २०७८, बिहीबार १५:५५ मा प्रकाशित

चन्द्रौटा ।
प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई एमाले रोज्ने की एकीकृत समाजवादी रोज्ने भन्ने समय भाद्र २२ गतेसम्म थियो । एमाले फुटेपछि नेकपा एकीकृत समाजवादी गठन भएपछि निर्वाचित आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि यस्तो कानुनी सुविधा दिएको थियो । सोही अनुसार देशभर जनप्रतिनिधिले आ-आफ्नो कित्ता स्पष्ट पारे ।

कपिलवस्तुमा नयाँ दल तर्फ जनप्रतिनिधि नखुलि रहेको अवस्थामा शिवराज नगरपालिकाको नगर कार्यापालिका सदस्य निर्मला सुनारले नेकपा एस रोज्नुभयो । भाद्र २२ को अन्तिम मितिमा उहाँले जिल्ला निर्वाचन कार्यालय तौलिहवा पुगेर सनाखत गर्नुभएको थियो । यद्यपि कानुनले दिएको सुविधा घर्किसकेपछि भाद्र २४ गते एकाएक आफु एमालेमा रहेको विज्ञप्ती जारी गर्नू भयो । यसले जनप्रतिनिधि सुनारको नैतिकतामै प्रश्न उठेको मात्र छैन्, एमाले रोजे पद नै जाने जोखिम बढेको छ ।

जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीका अनुसार अब सुनारले सनाखत फिर्ता लिन नमिल्ने बताउनु भयो ।

“हिंजो सनाखतको लागि आउनु भएको थियो, हामी सोचेर मात्र निर्णय गर्नुस भनेका थियौं पन्थीले भन्नु भयो, “उहाँ आधिकारिक रुपमै एकीकृत समाजवादीमा हुनुहुन्छ । अब नेकपा एकीकृत समाजवादीले सुनारलाई कारवाही गरेमा कार्यापालिका सदस्य पद जान्छ ।’

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा हारेकी उहाँलाई एमालेले शिवराज नगरपालिकाको कार्यपालिका सदस्यमा लगेको थियो ।

भाद्र २२ मा निर्वाचन कार्यालय पुगेर सुनारले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेर आएको एक दिन नपुग्दै अरुको परिवन्धनमा बाधिंएर सनाखत गरेको भन्दै विज्ञप्ती निकाल्नुभएको थियो ।

मंगलबार पत्रकारसंगको कुराकानीमा पनि उहाँले आफु एकीकृत समाजवादीमा गएको बताउनुभएको थियो । आफ्नो राजनितिक अभिभावक महोमद अब्दुल रउफ रहेको र उहाँ एकीकृत समाजवादीमा नै रहेकोले आफु उहाँकै लाइनमा रहेको बताउनुभएको थियो ।

बुधबार एकाएक विज्ञप्ती निकाल्दै आफु नेकपा एमालेमा नै रहेको जनाउनुभएको छ । केही व्यक्तीको परिवन्धनमा परि निर्वाचन आयोग पुर्याइएको दाबी पनि उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्