बुद्धभूमिद्धारा ५ वडाका कक्षा ८ मा पढ्ने दलित छात्रालाई साइकल प्रदान


appharu

२४ भाद्र २०७८, बिहीबार १५:५९ मा प्रकाशित

पालिकापत्र, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ५ वडाका ५६ दलित छात्रालाई निशुल्क साइकल वितरण गरेको छ । शिक्षा दिवसको अवसर पारेर ५ वडामा कक्षा ८ मा अध्ययरत दलित छात्रालाई अध्ययनमा टेवा पुगोस भनेर बुद्धभूमिले निशुल्क साइकल वितरण गरेको हो ।

गएको असारमा पनि नगरको दक्षिणी भेगका ५ वडाका कक्षा ५ मा अध्ययन गर्ने सबै छात्रालाई नगरपालिकाले साइकल वितरण गरेको थियो ।
आर्थिक रुपमा दयनिय अवस्था हुँदा विद्यालय जान समस्या हुने र त्यसले विद्यालय छाड्ने दर बढेको भन्दै दलित छात्रालाई हैसलाका लागि साइकल वितरण गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आज वितरण गरिएको साइकल नगरको उत्तरी क्षेत्र र राजमार्ग आसपास रहेका वडा नं। १, २, ३, ४ र ९ भित्र रहेर कक्षा ८ मा पढ्ने दलित छात्रालाई वितरण गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

आफुहरु सिंगो नगरको शैक्षिक सुधारमा लागेको भन्दै उहाँले यसमा सबैको रचनात्मक तथा सृजनात्मक सहयोगको खाँचो रहेको औल्याउनुभयो ।

साइकल वितरण कार्यक्रममा नगर उप प्रमुख मिरा थारु, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्