सरावल–४ को ललितपुरमा सामुदायिक स्वास्थ्य इकाईको शिलान्याश


appharu

८ कार्तिक २०७८, सोमबार १९:१७ मा प्रकाशित

पालिका पत्र/ बुटवल ।

नवलपरासी पश्चिमको सरावल गाउंपालिका –४ ललितपुरमा सामुदायिक स्वास्थ्य इकाई भवन शिलान्याश गरिएको छ । स्वास्थ्य इकाई भवनको नवलपरासी–२ का संघीय सांसद देवेन्द्रराज कंडेलले सोमबार शिलान्याश गरेका छन् ।

भवन बनाउन गाउंपालिकाले चालु आर्थिक वर्षको वजेटमा २० लाख रुपैयां विनियोजन गरेको छ । भवन शिलान्याश गर्दै सांसद कंडेलले स्थानीय तहहरुले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने सुझाए ।

गाउंपालिकाका ७ वटा वडा मध्ये अन्य वडामा साविक ६ वटा गाउ विकास समितिका स्वास्थ्य चौकी रहेका तर वडा नं ४ मा नभएकाले सामुदायिक स्वास्थ्य इकाई भवन बनाउन लागिएको वडा अध्यक्ष छोटेलाल यादवले बताए । सामुदायिक स्वास्थ्य इकाईबाट प्रसुति सेवा वाहेक स्वास्थ्य चौकीबाट उपलब्ध हुने अन्य सबै सेवा उपलब्ध हुने गाउंपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमनारायण देवकोटाले जानकारी दिए । उक्त भवन उपभोक्ता समितिमाफृत निर्माण हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्