फेसबुकमा ‘छोटेराजा’ लेखेको भन्दै भन्दै वडाध्यक्षद्वारा सेवा प्रतिबन्ध !


appharu

२६ कार्तिक २०७८, शुक्रबार १३:१८ मा प्रकाशित

सुर्खेत ।
सल्यानको बाघचौर नगरपालिकाका वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटेराजा’ लेखेको भन्दै स्थानीय दिल केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने विज्ञप्ति टँसाएका छन् ।

वडाअध्यक्ष पुनले कुनै कानूनी कारबाहीका लागि प्रक्रिया नगरी सोझै सेवाबाट बञ्चित गरेका हुन् । उनको उक्त विज्ञप्ती सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

केसीले सामाजिक सञ्जालमा वडाअध्यक्षमाथि विभिन्न टिकाटिप्पणी लेख्ने गरेका थिए । केसीले उक्त वडाका वडाध्यक्ष र सदस्यलाई ‘छोटेराजा’ भन्दै फेसबुकमा विभिन्न खाले टिप्पणी गरेका थिए ।

उक्त टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष पुनले प्रेस विज्ञप्तिमार्फत केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट बन्चित गरिएको बताएका छन् । केसीले सामाजिक संजालमा लेखिएका अभिव्यक्तहरु सच्याउनुपर्ने वडाध्यक्षको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्