दाङ । रसुवा तथा नुवाकोट जिल्लामा गएको भीषण बाढी तथा पहिरोका कारण दाङ जिल्लाबाट कामको सिलसिलामा त्यहाँ गएका १० जना सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङले आज एक सूचना प्रकाशन गरि उनीहरूको हालसम्म कुनै पत्तो नलागेकोले खोजी तथा उद्धारका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ।
सम्पर्कविहीन भएका व्यक्तिहरूमा कोपिला के.सी. – दाङ तुलसीपुर उ.म.न.पा., हाल: स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवा,. खम्बु बोहोरा – दाङ तुलसीपुर उ.म.न.पा., हाल: स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवा. शिव शङ्कर जोशी – दाङ तुलसीपुर उ.म.न.पा., हाल: मैलुङ हाइड्रो पावर, रसुवा,प्रमिला बुढाथोकी – सल्यान घर भई हाल दाङ तुलसीपुर उ.म.न.पा.-९, हाल: टिमुरे हाइड्रो पावर, रसुवा, शोभाराम योगी – दाङ तुलसीपुर उ.म.न.पा., हाल: फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट,लाल बहादुर रोका (सम्पर्क नं: ९८४४९९३५९४) – दाङ तुलसीपुर उ.म.न.पा.-१३, डाँडागाउँ/दमारगाउँ, हाल: फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट, गोपीलाल रोका (सम्पर्क नं: ९८६६३०३८२८) – दाङ तुलसीपुर उ.म.न.पा.-१३, डाँडागाउँ/दमारगाउँ, हाल: फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट, नारायण अधिकारी – दाङ तुलसीपुर उ.म.न.पा.-१३, डाँडागाउँ/दमारगाउँ, हाल: फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट, ध्रुव बहादुर बुढामगर – रोल्पा घर भई हाल दाङ तुलसीपुर उ.म.न.पा.-६, ठेक्कापट्टि तथा कामको सिलसिलामा रसुवा/नुवाकोट गएका रहेका छन् ।
त्यसैगरी पूर्ण बहादुर बस्नेत ४६ वर्ष नागरिकता नं: ४१६२०, सम्पर्क नं: ९८४७८६५३५६) – दाङ तुलसीपुर उ.म.न.पा.-१९, दोघरे, हाल: रसुवा,यी व्यक्तिहरूको बारेमा कुनै जानकारी वा सम्पर्क भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र वा तलका नम्बरहरूमा सम्पर्क गरी खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरेको छ। त्यसैगरि सम्पर्क व्यक्तिको विवरण / सम्बन्धित निकाय: जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, दाङ, १२३४ प्रमुख जिल्ला अधिकारी: ९८५७८०७७७७, जिल्ला प्रहरी कार्यालय, दाङ: ९८५७८०५५५५ मा सम्पर्क गरि सहयोग गरिदिन अनुरोध गरेको छ।

