सांसद मेटमणी चौधरी बेसहारा बालबालिकाको अभिभावक बन्दै


appharu

३ माघ २०७८, सोमबार ०९:०३ मा प्रकाशित

दाङ ।
प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी बेसहारा बालवालिकाको अभिभावक बन्ने भएका छन ।

दाङ जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले घोराही उपमहानगरपालिका १९ का वेसहारा ४ जना बालवालिकाको अभिभावक बनेर उनीहरुको शिक्षा लगायत अन्य कुराको व्यवस्था गर्न लागेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चौधरीले बुवा आमा दुवै गुमाएर बेसाहारा भएका ती बालवालिकाको घरमै पुगेर उनीहरुको शिक्षा लगायत लालनपालनको व्यवस्था गर्ने उनको सचिवालयले जनाएको छ ।

पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष कमरेड माधवकुमार नेपालको विशेष निर्देशनमा दाङ घोराही १९ सैघाको तिर्साङमा बुवा र आमा दुबैको मृत्यु पछि बेसहारा बनेका बालवालिका बसेको घरमा पुगेर भेटघाट गर्दै उनीहरुको शिक्षा लगायत लालनपालन सवैको व्यवस्थापन गर्ने गरि जिम्मा लिएको सासंद चौधरीले बताए ।

उनीहरुको शिक्षा र आवासको व्यवस्थापन प्रक्रिया शुरु भएको छ उनले भने । गरिब दुखीहरुको पार्टी भएकाले देशभरका बेसाहारा, दुखी र गरिबहरुको व्यवस्थापनमा पार्टी लागेको छ । सासंद चौधरीसगै एकीकृत समाजवादी पार्टी दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे लगायत पार्टीका नेताहरु बालवालिका बसेको घरमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्