एकीकृत घुम्ति शिविरको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत पन्थी


appharu

५ माघ २०७८, बुधबार ०९:०३ मा प्रकाशित

पालिकापत्र, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले पौष २५ गते देखि एकीकृत घुम्ति शिविरको सञ्चालन गरेको छ । बाणगंगाका सबै वडाका नागरिकले सेवा लिने गरि शिविर सञ्चालन गरीएको हो ।

आठौं दिन वडा नं. ५ मा सञ्चालित भएको शिविरको बाणगंगामा भर्खर मात्र आएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले अनुगमन गरेका छन् । अनुगमनमा पन्थीले प्रचार प्रसार कम भएकाले सेवाग्राही कम भएको बताए । उनले तिव्र प्रचार गरेर नगरवासीलाई सेवा दिन टोल विकास संस्थालाई जानकारी गराउन आग्रह गरे ।

विभिन्न सेवा प्रवाहका साथ सञ्चालन भएको शिविरबाट राजस्व शाख तथा घरेलु तथा साना उद्योग शाखाबाट दिईने सेवा, योजना शाखा तथा भौतिक पूर्वाधार विकास शाखाबाट दिईने सेवा, महिला बालावालिका तथा जेष्ठ नागरिक शाखाबाट दिइने सेवा, कृषि विकास शाखाबाट दिईने सेवा, पशु सेवा शाखाबाट दिईने सेवा, स्वास्थ्य शाखाबाट दिईने सेवाहरु घुम्ति शिविरबाट प्रवाह भएका छन ।

प्रत्येक वडाहरुमा दुई दुई दिन सेवा प्रवाह भएको नगरपालिकाले जनाएको छ । एकीकृत घुम्ति शिविर माघ १६ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्