मेरो बदनाम गर्न मिडियाबाजी गरियोः सञ्जु सिंह


appharu

१६ माघ २०७८, आईतवार १८:३२ मा प्रकाशित

कञ्चनपुर ।
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघका नेता सञ्जु सिंहले आफ्नो बदनाम गर्न मिडियाबाजी गरिएको प्रति आपत्ति जनाएका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरिया निवासी सिंह विरुद्ध कुटपिट गरि फरार रहेको भनि अनलाइन मिडियामा समाचार प्रशारण भएको थियो ।

मिडियामा नेता सिंहको कुटाइबाट ४९ वर्षीय जनकबहादुर सिंह घाइते भएको भनि आरोप लगाइएको थियो ।

उक्त आरोपको खण्डन गर्नै उनले बदनाम गर्ने नियतले गरिएको प्रचारमा कुनैपनि सत्यता नभएको दाबी गरेका छन् ।
कुटिएका भन्ने व्यक्ति आफ्नै आफन्त रहेको भन्दै आपसी भनाभन भएको विषयलाई राजनीति पूर्वाग्रह राखेर प्रचार गरिएको उनको भनाई छ । कुटपिट गरि फरार रहेको भन्ने समाचारको पनि उनले खण्डन गरेका छन् । आफु कति पनि फरार नभएको उनले पालिकापत्रलाई बताए ।

उनले थप भने–‘केही मेरो प्रगतिमा आत्तिएका व्यक्तिहरूले मेरो मानमर्दन र समाजमा मेरो इज्जत गिराउन अनावश्यक मुद्दा बनाइएको हो । म यसको प्रतिकार आफ्नो कर्म र भद्रताले गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्