कपिलवस्तुका पालिकामा न्यायो कपडा बाड्दै जिल्ला प्रशासन


appharu

२२ माघ २०७८, शनिबार १०:३१ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले यहाँका विपन्न समुदायको वस्तिमा पुगेर न्यानो कपडा वितरण गर्न थालेको छ । बुद्धभूमि नगरपालिकाका विभिन्न विपन्न वस्तिमा पुगेर प्रशासनले शुक्रबार न्यानो कपडा वितरण गरेको हो ।

नगरको वडा नं. ९ मा रहेका वादी समुदायका १५ परिवार, वडा नं. ४ मा रहेका कुमाल समुदायका ३३ परिवारलाई जुत्ता ३ सेट, ज्याकेट, ट्राउजर, महिलाको भित्रि कपडा १ परिवारलाई ९ वटा सामग्रीको सेट बाडिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।

उक्त कपडा वितरणमा नगर प्रमुख केशव कुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, वडा नं। ९ का वडाध्यक्ष चुरामणी न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

तराईमा बढ्दो जाडोका कारण आर्थिक रुपमा विपन्न भएका समुदायलाई ज्यानको सुरक्षा स्वरुप न्यानो कपडा वितरण गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

साथै शनिबार जिल्लाको शुद्धोधन र मायादेवी गाउँपालिका ५१ परिवारलाई कपडा वितरणको कार्यक्रम राखिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जनाउनुभयो । यी कपडा यस पालिकाका नेटुवा समुदायलाई वितरण गरिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्