दलबलसहित कृष्णनगरका मेयर शाह गरे कांग्रेस प्रवेश


appharu

२३ माघ २०७८, आईतवार ०९:२० मा प्रकाशित

पालिकापत्र, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगर प्रमुख शाह शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

शाह सहित हजार बढी कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ । शाहलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सासंद अभिषेक प्रताव शाह, जिल्ला सभापति अब्दुल कलाम खाँले संयुक्त रुपमा स्वागत गरेका हुन् । पार्टी प्रबेश कार्यक्रममा नगर प्रमुख शाहसहित ३ जना वडा अध्यक्षले समेत नेपाली कांग्रेस रोजेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्वार दिएर कृष्णनगर नगरपालिकाको नगर प्रमुख पदमा विजयी शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्