मल्लरानीले भन्यो-‘चन्दा नदिएपछि विप्लव समूहले जंगली हर्कत गरे’


appharu

१० फाल्गुन २०७८, मंगलवार ११:५२ मा प्रकाशित

प्यूठान ।
मोटो रकम चन्दा मागेको तर नदिएपछि विप्लव नेतृत्वको नेकपाका यूवाहरुले जंगली हर्कत गरेको मल्लरानी गाउँपालिकाले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

गाउँपालिका अध्यक्ष अमंरध्वज राना, प्रमुख प्रशासकीय अकिृत बालकृष्ण थापा, शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिवराज पण्डित माथी विप्लवका यूवाहरुले सोमवार अमानवीय व्यवहार गरेका थिए ।

भूमी विकास आधारभूत विद्यालय सरङकोटमा छलफल चलिरहेका बेला एक्कासी ती यूवाहरुले चन्दा नदिएकै कारण कालोमोसो दल्ने सम्मको अमानवीय व्यहार गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले उक्त कार्यको निन्दा गरेको छ । सुनियोजित रुपमा विप्लवका कार्यकर्ता परिचालित भएको गाउँपालिकाले विज्ञप्ती मार्फत जनाएको छ ।

विप्लवका कार्यकर्ता बताउने गोपीलाल सुनार, होम बहादुर पुन, शिवराज मल्ल, केशव घर्ती, नारायण मल्ल र सूर्य विकले लगाएतले उदण्ड काम गरेको गाउँपालिका प्रवक्ता गिरिराज पौडेलले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

अराजक समूहमाथी कानुनी कारवाही गर्नसमेत गाउँपालिकाले माग गरेको छ । विप्लव समूहले गाउँपालिकामाथी लगाएका सवै आरोपहरु हास्यास्पद र झुट्टा भएको विज्ञप्तीमा भनिएको छ । विप्लव नेकपाले गाउँपालिकासँग माग गरेको चन्दाको पुष्टि गरेर देखाउन समेत चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्