प्युठानका दुई पालिकामा गठबन्धनद्धारा भागबण्डा


appharu

५ बैशाख २०७९, सोमबार १०:२७ मा प्रकाशित

प्युठान ।
प्युठानमा सत्तारुढ गठबन्धनले दुई पालिकामा भागबण्डा मिलाएका छन् । आइतबार जिल्लाका स्वर्गद्वारी नगरपालिका र सरुमारानी गाउँपालिकामा गठबन्धन दलहरुले भागबण्डा मिलाएका हुन् । भागबण्डा पछि दुवै पालिकामा दलहरुले सहमति गरेको विज्ञप्ति जारी गरेका छन् ।

जस अन्तरगत भिङ्गीमा आइतबार बसेको गठबन्धन दलको बैठकले स्वर्गद्वारी नगरपालिकाको प्रमुख, उप-प्रमुख सहित ९ वडाको भागबण्डा टुङ्ग्याएको हो ।

सत्ता गठबन्धनले संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै नगर देखि वडा तहसम्म नै चुनावी तालमेलका लागि भागबण्डा टुङ्गो लगाइएको जानकारी दिएका छन् ।

बिज्ञप्ति अनुसार कांग्रेसको भागमा नगर प्रमुख सहित ३ वटा वडा र राष्ट्रिय जनमोर्चालाई नगर उप–प्रमुख सहित ४ वटा वडा दिने सहमती भएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले २ वटा वडा लिने सहमति भएको बिज्ञप्तिमा उल्लेख छ । यस्तै जिल्लाको सरुमारानी सरुमारानी गाउँपालिकामा सत्ता साझेदार तीन दलले चुनावी तालमेल मिलाएका छन् ।

नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच तालमेल भएको हो । आइतबार राति उनीहरुले पदको भागवण्डा समेत गरेका छन् ।

सहमति अनुसार अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले पाउने छ ।

पालिकाको ४ वटा वडा माओवादी केन्द्रलाई, १ वटा वडा काङ्ग्रेसलाई र १ वटा वडा समाजवादीलाई दिने गरि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्