एकीकृत समाजवादीबाट कोहलपुरको मेयरमा सर्वसम्मत, उपमेयरमा २ जनाको नाम सिफारिस


appharu

५ बैशाख २०७९, सोमबार १७:१४ मा प्रकाशित

नेपालगन्ज ।
नेकपा (एकीकृत समाजवादी) ले बाँकेको कोहलपुर नगरपालिकामा मेयर र उपमेयरको नाम प्रदेशमा पठाएको छ ।

एकीकृत समाजवादी बाँकेका अनुसार कोहलपुरको मेयरमा सर्वसम्मत र उपमेयरमा २ जनाको नाम सिफारिस गरेको हो ।

कोहलपुर नगरपालिकाको मेयरको लागि नेकपा एकीकृत समाजवादीले अब्दुल हुसेन खाँलाई सर्वसम्मत सिफारिस गरेको छ ।

समाजवादीले कोहलपुर नगरपालिकाको लागि उपमेयरमा भने २ जनाको नाम सिफारिस गरेको छ । जसमा नारायणी ओली र मन्जु कोइरालाको नाम सिफारिस गरिएको पार्टीका बाँके सचिव दिपक जिएमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्