बिहेपछि फेसबुकमा के लेखिन् केकीले ?


appharu

८ बैशाख २०७९, बिहीबार २१:५६ मा प्रकाशित

पालिकापत्र, काठमाडौं ।

अभिनेत्री केकी अधिकारीले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी छन् । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार उनले परिवारका सदस्य र निकट आफन्त तथा साथीहरुको उपस्थितिमा विवाह गरेकी हुन् ।
फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रुपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएकोमा मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरुको आशिर्वादको अपेक्षा गरेका छौं । यहाँहरुको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’

केकी र रोहितले निकै गोप्य रुपमा बुधबार मेहेन्दी उत्सव गरेका थिए । एक वर्षदेखिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्