उपचारमा ढिलाइ हुँदा सर्पले डसेकी बालिकाको मृत्यु


पालिका पत्र

7 September, 2026 8:54 pm मा प्रकाशित

कपिलवस्तु, भदौ २२ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७, डेरवाकी १३ वर्षीया बालिका रिन्की गुप्ताको सर्पदंशबाट मृत्यु भएको छ। विषालु गोमन सर्पले डसेपछि समयमै उपचारका लागि नल्याउँदा उहाँको मृत्यु भएको उपचार केन्द्रले जनाएको छ।

सर्पले डसेपछि गुप्तालाई उपचारका लागि आइतबार राति करिब साढे ८ बजे कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो। तर, उपचारका लागि ल्याउन ढिलाइ भएकाले उहाँको अवस्था गम्भीर बनेको र उपचारका क्रममा मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो।

जिल्लामा पछिल्लो समय सर्पदंशका घटना बढ्दै गएकाले सर्पले डसेमा घरेलु उपचार तथा झारफुकमा समय नबिताई तत्काल नजिकको सर्पदंश उपचार केन्द्रमा पुर्‍याउन स्वास्थ्यकर्मीले आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्