माओवादीका मेयरका दावेदार वैश्य राप्रपा प्रवेश


appharu

८ बैशाख २०७९, बिहीबार २२:१० मा प्रकाशित

पालिकापत्र ।
नेपालगन्ज । नेकपा माओवादी केन्द्रबाट बाँकेको नेपालगञ्ज उपमहानगरको मेयरमा दावेदार नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रवेश गरेका छन् ।

सत्तारूढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर जसपालाई दिने तालमेल केन्द्रमा भएपछि वैश्यले माओवादी केन्द्र छाडेका हुन् । उनी नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।

उनलाई राप्रपाका उपाध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले पार्टीमा स्वागत गरे ।

उनले जसरी पनि नेपालगञ्जमा आफूलाई मेयरको टिकट दिनुपर्ने विभिन्न फोरमहरुका बताउदै आएका थिए ।

वैश्य समुदायमा उनको राम्रो प्रभाव रहेको छ । २०७४ को निर्वाचनमा मेयर राप्रपा र उपमेयर कांग्रेसले जितेको थियो । राप्रपाले वैश्यलाई मेयर उठाउन सक्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्