बुटवल–१३ मा पुराना कम्युनिष्ट नेता पन्थी वडा अध्यक्ष उम्मेदवार


appharu

१३ बैशाख २०७९, मंगलवार १६:२६ मा प्रकाशित

पालिकापत्र
बुटवल । बुटवल उपमहानगरपालिकाको वडा नं १३ को वडा अध्यक्ष पदमा परिपक्व कम्युनिष्ट नेता लोकनाथ पन्थीले उम्मेदवारी दिएका छन् । उनी नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका हुन् । गुल्मी पुर्कोट दहको पृथ्वी माविमा पढ्दा २०४२ सालमा अनेरास्ववियू पांचौंमा आवद्ध भएर राजनीति शुरु गरेका पन्थी हाल पार्टी निकट नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघको केन्द्रीय सदस्य र उद्योग ब्यापार संघ बुटवलका उपाध्यक्ष छन् । २०५४ सालमा एमाले महाधिवेशन प्रतिनिधि समेत रहेका पन्थी एमाले विभाजनपछि मालेमा लागेपनि ब्यवसायमा लागेपछि राजनीतिमा कम सक्रिय थिए । एमाले विभाजन पछि उनी एमाले दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र व्यक्तिवादको यात्रामा अघि बढेको ठहर गर्दै नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका हुन् । आफूलाई पार्टीले विश्वास गरेर वडा अध्यक्षमा उम्मेदवार बनाएपछि उत्साहित बनेका पन्थीले वडामा रहेको भूमिहीन,सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान, खानेपानी समस्या, साघुंरा सडक फराकिलो बनाउने, रिङरोड पीच लगायत वडावासीको माग र आवश्यकता अनुसार इमान्दार भएर काम गर्ने योजना रहेको पालिकापत्रलाई बताए । पन्थीले
नेकपा एकीकृत समाजवादी अहिलेको नेपालको कम्युनिष्ट आन्दोलनको सही विचार र नीति अंगिकार गरेको मूलधारको पार्टीका रुपमा भविष्य बोको पार्टी भएको बताए । वडावासीले आफ्नो इमान्दारितालाई विश्वास गरे चुनावमा जिताउने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्