सिद्धार्थनगर–५ मा पाँचै पदमा नेकपा (एस)ले दियो महिलाको उम्मेदवारी


appharu

१४ बैशाख २०७९, बुधबार ०८:३४ मा प्रकाशित

भैरहवा ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा पाँचै पदमा महिला उम्मेदवारहरुले प्रतिष्पर्धा गर्ने भएका छन् । यो वडामा वडाअध्यक्षसहित अन्य चार जना वडा सदस्य महिला रहेका छन् ।

वडाअध्यक्षमा पुनम जयसवाल, वडा सदस्यमा माया तेली, सीमा मित्तल, सलोनी हलुवाई र दलित महिला सदस्यमा निरा देवी सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

वडाअध्यक्षमा उम्मेदवारी दर्ता गराएकी जयसवाल २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडाअध्यक्षको उम्मेदवार रहेकी छन् । महिलालाई नेकपा ९एस०ले प्राथमिकता दिएको र आफूहरुमा खुसीको अनुभुति भएको वडाअध्यक्षका उम्मेदवार पुनम जयसवालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्