तिलोत्तमा–८ मा राजमोका वडा अध्यक्ष उम्मेदवार जंगबहादुर केसी


appharu

१८ बैशाख २०७९, आईतवार ०७:३२ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । राष्ट्रिय जनमोर्चाले तिलोत्तमा–८को वडा अध्यक्षमा पुराना कम्युनिष्ट नेता जंगबहादुर केसीलाई उम्मेदवार बनाएको छ । बागलुङ गल्कोटमा जन्मेका केसी २०५४ सालदेखि तिलोत्तमा–८ प्रदीपनगरमा बस्दै आएका छन् । उनी पञ्चायतकालमा राजनीतिक मुद्दामा २ वर्ष जेल समेत परेका थिए । पार्टीको वार्ड इन्चार्ज समेत रहेका केसी सरल र इमान्दार नेता मानिन्छन् । किसानलाई समयमै मल,बिउ,सिंचाई सुविधा दिने, भ्रष्टाचार र बेथिति अन्त्य गर्ने, कर घटाउने लगायत आफ्नो एजेण्डा रहेका केसीले बताए । पार्टीले संघीयता खारेजी र एमसीसी सम्झौता रद्द गर्नुपर्ने एजेण्डा जनताको पक्षमा भएकाले यसपटक जनताले राजमोलाई मत दिने उनले विश्वास व्यक्त गरे । अघिल्लो चुनावमा राजमोले तिलोत्तमा ८ मा करिब २ सय मत ल्याएको थियो । केसीसंगै वडामा दलित महिला सदस्य वाहेक ३ जना वडा सदस्य उम्मेदवार पनि रहेका छन् । पार्टीका राष्ट्रिय एजेण्डा र वडामा जनताका सुख दुख नजिकबाट बुझेका इमान्दार उम्मेदवार उठेकाले यसपटक चुनाव जित्ने पार्टीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्