दुर्गा विसी फेरि वडाध्यक्षका उम्मेद्वार, अदालत देखि वडासम्म उजुरीका चाङ !


appharu

२१ बैशाख २०७९, बुधबार ०९:३६ मा प्रकाशित

पालिकापत्र, शितगंगा ।
५ बर्षे कार्यकालमा विवादै विवादले जेलिएका दुर्गा विसी पुनः वडाध्यक्ष बन्ने दौडमा मैदानमा उत्रिएका छन् ।

अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. १३ मा पुनः वडाध्यक्ष पदका लागि विसी एमालेबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

विसी यस्ता वडाध्यक्ष हुन् जसले आफ्नै श्रीमतीलाई शिक्षकमा जागीर खुवाउन किर्ते कागजात मिलाए । अख्तियार हुँदै अदालतसम्म पुगेको यो मुद्धा विसीले हारे । बुद्ध आधारभुत विद्यालयमा शिक्षक नियुक्तिको विषयमा आफ्नो क्षेत्राधिकार बाहिर गएर आफ्नी श्रीमतीलाई जागीर खुवाउन उनले अनावश्यक हस्तक्षेप गरेका थिए ।

विसी सामु गैर नेपाली ब्यक्तिलाई नागरिकता सिफारिस गरेको पनि आरोप छ । जुन विषय हाल अदालतमा विचाराधिन छ ।

वडाबासीको पायक पर्ने स्थानमा रहेको वडा कार्यालयलाई अधिकांश जनता र वडा सदस्यकै मनोभावना बिपरित टाढा लगेको पनि उनी सामु आरोप छ ।

वडामा सञ्चालित सहकारी सन्चालनको बिषयमा उनले आफ्नै आफन्त र एमालेका कार्यकर्तालाई भर्ति गरे । जसलाई वडाबासीले निरन्तर विरोध गरेपनि विसी टसकोमस भएका छैनन् ।

अनुदान विरतणमा अनियमितता गर्दै आएका विसीले एउटै सडकलाई दुई/तीन वटा नाम दिएर बजेट हिनामिना गरे ।

शिक्षामा सुधारको साटो अनाश्वयक राजनीति हस्तक्षेप बढाएका उनले उमेर नपुगेका बुद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता बाँडे ।

अराजनीति गतिविधिमा संलग्न विसीले योजना छनौटको नाम दिएर आम भेला गरे । त्यहीँ मौका छोपेर थाहै नदिई एमालेमा प्रबेश गरेको घोषणा गरे ।

समाबेशिकरणका नाममा वडाबाट छुट्टिनै पर्ने बजेट समेत उनले छुट्टाएनन् । उनी सामु वडा, नगर र अदालतसामु उजुरीका चाङ छन् । विएस्सी पास गरेका विसी बौद्धिक होलान् भनेरै वडाबासीले ०७४ मा वडाध्यक्ष बनाए पनि उनको कार्यशैली भ्रष्ट्र हुन पुगेको हो । आसन्न बैशाख ३० मा पुनः वडाध्यक्षमा दोहोरिने चाहना राखेका उनलाई जनताले कसरी मूल्याङ्कन गर्छन् पखाईको विषय छ ।

प्रतिक्रिया दिनुहोस्