निर्वाचन आचारसंहिता लत्याउँदै एमाले शिवराज


appharu

२१ बैशाख २०७९, बुधबार १७:१६ मा प्रकाशित

पालिकापत्र, शिवराज ।
कपिलवस्तुको शिवराज नगरपालिकाको एमालेले निर्वाचन आचार संहिता लत्याएको पाइएको छ ।

आसन्न बैशाख ३० को निर्वाचन नजिकिदै जादा एमाले शिवराजले चुनाव चिह्नको प्रचार स्वरुप कपडा नै बनाएर बाड्न थालेको छ ।

निर्वाचन आचार संहितामा कुनै पनि पार्टीले चुनाव चिह्न अंकित पोशाक बनाउन नपाइने भए पनि एमालेले त्यसलाई लत्याएको हो ।

शिवराजको वडा नं. ४ मा बुधबार राखेको एक कार्यक्रममा चुनाव चिह्न अंकित कुर्ता लगाएर महिलाहरु देखा परेका थिए । जबकी आचार संहितामा टिर्सटसम्म छाप्न पाइदैन् ।

एमाले शिवराजले यति मात्र होइन् आक्रमक प्रचार शैली अपनाएको छ । गाउँ गाउँ चुनाव चिह्नले भरिभराउ पारेको एमालेले चोक चोकमा निशूल्क झण्डा वितरण गर्ने कार्यक्रम राखेको छ ।

घरदैलो गर्दा घरघरमा झण्डा बाड्दै हिडेको एमालेले शिवराजले महेन्द्र राजमार्ग आसपास तुल र व्यानरले सडक नै सजिसजाउ पारेको छ ।

निर्वाचन आचार संहिता उल्लङ्घन हुँदा समेत स्थानीय प्रशासन मुर्ख दर्शक बनेको राजनीति दलहरुले आरोप लगाउँछन् ।

प्रतिक्रिया दिनुहोस्