साहसी राधा ! भलवाडमा विकासको एजेण्डा बोकेर चुनावी मैदानमा


appharu

२४ बैशाख २०७९, शनिबार १६:२० मा प्रकाशित

पालिका पत्र, वाणगंगा ।
०४६ साल देखि राजनीतिमा सक्रिय राधा खनाल आसन्न बैशाख ३० को निर्वाचनमा होमिएकी छिन् ।

कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ९ भलवाड निवासी खनाल चार दलीय गठबन्धनबाट खुल्ला महिला सदस्यकी उम्मेद्वार हुन् ।

पुराना नेता कुमारमधु बेल्वासे अध्यक्ष रहेको टिमबाट चुनाव लड्दै गरेकी राधा एक सहासिक, धैर्यवान नारी हुन् ।

सुरुवातताका नेकपा (मसाल) बाट राजनीतिमा लागेकी खनाल ०५८ देखि तत्कालिन नेकपा (माओवादी)मा सक्रिय बनिन् ।

०७२ सालमा नयाँ शक्ति नेपालको संस्थापक जिल्ला सदस्य बनेकी खनाल हाल जसपा नेपालको जिल्ला सदस्य र वडा नं. ९ को वडा अध्यक्ष छिन् ।

स्थानीय तहका दर्जनौं सामाजिक क्षेत्रमा काम गरेको गहिरो अनुभव सम्हालेकी खनाल क्रमठ, जुझारु, गतिशील, चलायमान, अनुशासित र निडर महिला रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

सत्यको निम्ति एक्लै भए पनि सतिशाल झै उभिने क्षमता खनालमा छ । दुखमा नआत्तिने र सुखमा नआत्तिने शैलीकी खनाल समाजमा रहेका सबै प्रकारका कला, प्रतिभा र क्षमताको संयोजन गर्न सक्ने एउटा कुशल योद्धा पनि हुन् ।

समग्रमा उनी इतिहासमा बर्ग संघर्ष, आत्म संघर्ष, अन्तर संघर्ष र उत्पादनको निम्ति संघर्षको भट्टीबाट खारिएकी मात्रै छैनन्, जनयुद्धको एउटा जिबित सहिद नै भएकोले उनी भलवाडकी जनप्रिय नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्