तिलोत्तमा–१३ का तीन स्थानमा गठबन्धनको कोणसभा : तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा साथ दिन खांणको आग्रह


appharu

२५ बैशाख २०७९, आईतवार १८:२६ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा गठबन्धनले मतदाता शिक्षासंगै संयुक्त कोणसभा गरेका छन् । नगरपालिकाका वडा न १३ स्थित मडाहा चोक,बबनी चोक,कनौजिया चोकमा कोणसभा भएको हो ।
तिलोत्तमाका मेयर पदका उम्मेदबार रामकृष्ण खांणले आफुहरु जितको नजिक रहेको बताए । देशैभरी पांचदलीय गठबन्धनको माहोल बनेको र जनमत आफुहरुको पक्षमा रहेको समेत उनको दाबि छ ।
उनले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिडेको बताउँदै गठबन्धनका उम्मेद्वारलाई मतदान आग्रह गरेका थिए । उनले आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै तिलोत्तमाको समग्र बिकासको लागि यो पटक आफुहरुलाई जिताएर सेवक बन्ने अवसर दिन आग्रह गरे ।
उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे(हेमन्त)ले गठबन्धनमा बदर नहुनेगरि मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गरे ।
सो अबसरमा नेपाली कांग्रेसकी नेतृ तथा रुपन्देही कांग्रेसकी उपसभापति अनिता शाहले लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाइ बिजयी बनाउनुपर्ने बताइन् । उनले रुपन्देहीमा कांग्रेस पहिलो पार्टी बन्ने बताइन् ।
सो अवसरमा माओबादी केन्द्रका नेता सुदीप न्यौपाने,बिमला चौधरी,वडा न१३ का वडाध्यक्ष पदका उम्मेदबार नारायण ढकाल , जर्नादन यादव लगायतले बोल्दै गठबन्धनलाइ बिजयी बनाउन आग्रह गरे ।

तिलोत्तमामा छाडा चौपाया व्यवस्थापन कागजमा मात्रै
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका किसान छाडाचौपायका कारण हैरानीमा परेका छन् ।छाडा पशु चौपाया नियन्त्रण नहुंदा किसानले लगाएका बालीनाली नष्ट भएपछि किसान मर्कामा परेका हुन् ।नगरपालिकाले छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि(२०७५ बनाएपनि हालसम्म कार्यान्वयन तर्फ कुनै चासो नै दिएको छैन ।
कृषकहरुले लगाएका बाली नाली नष्ट बनाएपछि नगरपालिकालाइ पटक पटक जानकारी समेत गराएपनि कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ ।
तिलोत्तमा ९ तुलसीपुरकी मीना पौडेलले घरदैलोमा पुगेका उम्मेदवारलाइ पशुचौपाया नियन्त्रण गर्ने योजना ल्याउन आग्रह गरिन् । उनी भन्छिन्—‘हाम्रो घरतिर मकै लगाएको,तरकारी लगाएको सबै छोडुवा गाँईले खाँएर केहि पनि छैन,यो व्यवस्थापन गर्ने कसले हो,सरकारले गर्छ भन्छन,सरकार खोई कहाँ छ ? हामी त सरकार खोज्दाखोज्दै थाकीसक्यौ ।’
उनले अगाडी भनिन्—‘ती गाइबस्तु दिउँसोको घाममा यसो छहारीतिर जान्छन्,साँझ र विहानको सितलमा खेतमै आउछन् । बिउ,मल किनेर,टे«क्टरलाई जोतेको पैसा तिरेर दुःख गरि गरि लगायो खानेबेला सबै छोडुवा गाँईगोरु आएर सत्यनास पारिदिन्छन् ।’ हिउँदे बोडी छपक्कै फलेको थियो हिजो म बजार गए घरमा आँउदा छोडुवा गाईगोरुले सखापै पारेको उनको गुनासो छ ।
नेपाली काँग्रेस र एकीकृत नेकपा माओबादी केन्द्र मिलेर बनेको गठबन्धनका तर्फबाट तिलोत्तमा नगर प्रमुखका उम्मेदवार रामकृष्ण खाँण,उपप्रमुखका उम्मेदवार हेमराज पाण्डे र वडा नम्बर १ का वडा अध्यक्ष जोवान सिंह ठकुरी तथा सदस्यहरुका उम्मेदवारहरु घरदैलो कार्यक्रम गर्दे कृषकका घरमा पुग्दा उनीहरुले यस्तो गुनासो गरे ।
चुनावका बेला भोट माग्दै आउने, किसानका सबै समस्या समाधान गर्छौ भन्दै अघिल्लो चुनावमा भोट मागे ,हामीले भोट पनि दियौ,उहाँहरुले जित्नु पनि भयो जितेपछि कृषकलाई फर्केर पनि हेरेनन् ।
कृषिमा दिने अनुदान समेत पहुँच वाला किसानहरुले पाएको उनको भनाइ छ ।मीना जस्तै तिलोत्तमा नगरपालिकाका राजमार्ग नजिक र भित्री भेगका किसानहरु लामो समयदेखि छाडा पशु चौपायाले बालिनाली सखाप पर्दै आएको बताएका छन् ।
नगर प्रमुख बासुदेव घिमिरेको नेतृत्वमा छाडा चौपाया व्यवस्थापन गर्ने कार्यविधि बनाएर यसको कार्यान्वयनका लागि प्रत्येक आर्थिक वर्षमा वजेट विनियोजित गरेपनि दिर्घकालिन व्यवस्थापन नभएको किसानहरुको गुनासो छ । तिलोत्तमा नगरले नगर प्रहरी लगाएर सडकमा भएका छाडा चौपाया पनि किसानकै खेततिर लखेट्ने गरेको उनीहरुको गुनासो छ ।
नगरपालिकाबाट सडकमा भएका वा देखेका छाडा चौपाया सडकबाट अन्यत्र लैजानु,सडकमा रहन नदिनु भनिएकाले सोहि अनुसार गरिएको नगर प्रहरी बताउंछन् । छाडा चौपायाको समस्या लिएर नगरपालिकाको कार्यालय पुग्दा नगर प्रमुख बासुदेव घिमिरेले व्यवस्थापनका लागि कार्यविधि बनाएका छौ,अव व्यवस्थापन हुन्छ भनेर हामीलाई आश्वासन दिनु भयो तर समस्याको समाधान हुन सकेन ।
किसानको गुनासो सुुनेपछि तिलोत्तमा नगरपालिका मेयरपदका उम्मेदवार रामकृष्ण खाँणले आफु चुनाव जितेर गएपछि छाडा चौपाया व्यवस्थापन गर्ने कार्यविधिलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउंदै आफुलाई विजयी बनाउन सहयोग गर्न समेत आग्रह गरे ।
नगरमा चौपाया छाडेमा ५ सय देखि ३ हजारसम्म दण्ड जरिवाना गरिने समेत ब्यबस्था रहेपनि छाडिएका गाइबस्तुका धनी को हुन् भन्ने पहिचान गर्न नगरपालिकालाइ चासो नै छैन ।

छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि–२०७५ मा के छ ?

तिलोत्तमा नगरपालिका क्षेत्रभित्र जथाभावी छाडिने बेबारिसे छाडा पशु चौपायाले सडक एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ,फोहोर नियन्त्रण गर्न ,कृषि बालीको नोक्सानी तथा क्षेति नियन्त्रण गर्न ,यातायातका साधन तथा सर्बसाधरणको आवागमनमा अवरोध पुर्याई हुन सक्ने दुर्घटनालाई रोक्न र तिलोत्तमा नगरपालिकाले अंगिकार गरेको तिलोत्तमा नगर ,हराभरा तथा सफा शहर भन्ने नारालाई व्यवहारमा उतार्ने सन्दर्भमा यस्ता छाडा पशु चौपायाहरुवाट हुन सक्ने विभिन्न अवरोधलाई तत्कालै नियन्त्रण गरि आवश्यक व्यवस्थापन गर्नका लागि छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि –२०७५ लागु गरेको छ । यो कार्यविधि नगरको स्थानिय राजपत्रमा मिति २०७५असार १३ गते प्रकाशन गरिएको थियो ।
नगरमा चौपाया छाडेमा ५ सय देखि ३ हजारसम्म दण्ड जरिवाना गरिने समेत ब्यबस्था छ ।नागरिकको मनोभावना बुझी स्थानीय समस्यालाई व्यवस्थापन गर्नसके मात्र आगामी दिनमा जनप्रतिनिधि र नागरिक विचको सम्बन्ध समधुर हुनसक्ने सरोकारवालाको भनाइ छ । कार्यविधि बनाएको चार वर्ष सम्मपनि कार्यान्वयन नगर्ने प्रबृत्तिले जनप्रतिनिधिहरुप्रति नागरिकको बिश्वास घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्