एमालेका मेयर उम्मेदवार भट्टराईको वडामा कांग्रेस विजयी


appharu

३ जेष्ठ २०७९, मंगलवार १८:०३ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवलमा एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराईको वडा नंं ६ को वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका उम्मेदवार लोकनाथ न्यौपानेले १ हजार १८९ पाएर निर्वाचित भए भने एमालेका जगदिश आचार्र्यले ९४६ मत पाए । आचार्य २०७४ को चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । हालसम्म वडा नं १,२,३,४,५, ६, १६,१७, १८ र १९ नंं वडाको २४ हजार ५५७ मत गणना भइसक्दा मेयर पदमा कांग्रेसका खेलराज पाण्डेले ११ हजार ९८३ र एमालेका बाबुराम भट्टराईले ७ हजार ८७९ मत पाएका छन् । खेलराजले निरन्तर मतान्तर बढाउंदै ४ हजार १०४ मतले अग्रता लिएका छन् । उपमेयर पदमा भने एमालेकी सावित्रादेवी अर्यालले ८ हजार ८१४ र एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ६ हजार ३७६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्