सैनामैना ४ को वडाध्यक्षमा रामप्रसाद विजयी


appharu

३ जेष्ठ २०७९, मंगलवार २२:५९ मा प्रकाशित

पालिकापत्र,सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका रामप्रसाद अधिकारी निर्वाचित भएका छन् । अधिकारीले एमालेका पिताम्बर न्यौपानेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । यो वडा अघिल्लो चुनावमा पनि कांग्रेसले नै जितेको वडा हो । अधिकारी नेपाली कांग्रेस सैनामैनाका निवर्तमान सभापति समेत हुन् । सैनामैनाका ११ वडामध्ये हालसम्म ४ वटा वडाको नतिजा आएको छ । जसमा वडा नंं १ मा माओवादी, २ र ३ मा एमाले विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्