देवदह–१० मा कांग्रेसका यकु सुनारको प्यानल विजयी


appharu

४ जेष्ठ २०७९, बुधबार ०७:५६ मा प्रकाशित

पालिकापत्र, देवदह । देवदह १० मा नेपाली कांग्रेसका यकु सुनारको प्यानल विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले एमालेका मन बहादुर कनौजेको प्यानललाई पराजित गर्दै जीत हासील गरेको हो ।

वडाध्यक्षमा यकु सुनार २१५६ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी कनौजेले १७८० मत प्राप्त गरेका छन् ।

खुल्ला, महिला र दलित महिला सदस्यमा पनि कांग्रेस र माओवादीको गठबन्धनले जीत हासील गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्