रामग्रामको मेयरमा एमाले र उपमेयरमा राप्रपा विजयी


appharu

५ जेष्ठ २०७९, बिहीबार १४:१४ मा प्रकाशित

पालिकापत्र, रामग्राम । अघिल्लो चुनावमा कांग्रेसले जितेको पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको मेयर पदमा एमाले र उपमेयरमा राप्रपा विजयी भएको छ । मेयरमा एमालेका धनपद यादवले निवर्तमान मेयर नगेन्द्र गुप्तालई पराजित गरेका छन् । यादवले ७७ सय २९ मत ल्याएर विजयी हुंदा गुप्ताले ६१ सय ९१ मत पाएका छन् । उपमेयरमा राप्रपाकी सम्झना चौधरी विजयी भएकी छन् । चौधरीले एमालेकी लक्ष्मी क्षेत्रीलाई ८५ मत अत्तरले पराजित गरेकी हुन् । चौधरीको ६४ सय ७१ र क्षेत्रीको ६३ सय ८६ मत छ । कांग्रेसकी उपमेयरकी उम्मेदवार आरधाना भट्टले ५३ सय ४१ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्