नेपालगन्जको मेयरमा कांग्रेस,उपमेयरमा जसपा विजयी


appharu

६ जेष्ठ २०७९, शुक्रबार ०९:०८ मा प्रकाशित

पालिकापत्र, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मेयर तथा उपमेयरमा कांग्रेस र जसपाको गठबन्धनले जित हासिल गरेको छ ।

मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टी जसपा नेपालका कमरुद्दिन राई विजयी भएका हुन् ।

मेयरमा विष्टले २३४६० मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ११६७५ मत ल्याएका छन् ।

उपमेयरमा जनता समाजवादी पार्टी जसपाका कमरुद्दिन राई १७९५० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १०९१५ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्