विजयनगर बन्यो एमालेको लालकिल्ला


appharu

७ जेष्ठ २०७९, शनिबार १०:२८ मा प्रकाशित

पालिकापत्र, खुरुहुरिया ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा (एमाले)ले आफ्नो वर्चश्व कायम राखेको छ ।

७ वडामध्ये एक वडाबाहेक ६ वडा, अध्यक्ष र उपाध्यक्ष जितेर एमालेले विजयनगरमा आफ्नो वर्चश्व कायम राखेको हो ।

पालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः गोपाल थापा निर्वाचित भएका छन् । थापाले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकी यादवलाई पराजित गरेका हुन् ।

०७४ मा पनि थापाले यादवलाई नै पराजित गरेर पालिकाको अध्यक्ष बनेका थिए ।

यस्तै उपाध्यक्षमा एमालेकी लक्ष्मी चौधरी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् । चौधरी जसपाकी गुन्जेश्वरी कुर्मीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भइन् ।

७ वडा मध्ये एमालेबाट वडा नं. १ को वडाध्यक्षमा इन्नर थारु, वडा नं. २ को वडाध्यक्षमा नेपाल थारु, वडा नं. ४ को वडाध्यक्षमा तिलकराम कंडेल, वडा नं. ५ को वडाध्यक्षमा अनवर महोम्मद मुसलमान, वडा नं. ६ को वडाध्यक्षमा प्रेमबहादुर कलवार र वडा नं. ७ को वडाध्यक्षमा दिनेश कुमार चौधरी निर्वाचित भएका छन् ।

वडा नं. ३ को वडाध्यक्षमा भने, जसपाका हृदय विकास चौधरी वडाध्यक्ष बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्