गैडहवा गाउंपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा एमाले विजयी


appharu

७ जेष्ठ २०७९, शनिबार १२:२० मा प्रकाशित

पालिकापत्र, गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा एमाले विजयी भएको छ । गाउंपालिका अध्यक्षमा सुरेन्द्र पौडेल ५ हजार ६ सय ३१ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा एमालेकै उम्मेदवार माधुरी जैसवाल विजयी भएकी छन् । अध्यक्षमा निर्वाचित पौडेलका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बसि उल्लाह मुसलमानले ४ हजार ३ सय ८८ मत प्राप्त गरे ।

निवर्तमा गाउपालिका अध्यक्ष बछुलाल केवट चौथो स्थानमा छन् । तेस्रो स्थानमा जनमत पार्टीका रामदेव यादव छन् । यादवले ३९८५ मत र केवटले ३०८४ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा निर्वाचित जैसवालले ४ हजार ७ सय ५७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मन्जु न्यौपानेले ४ हजार ६ सय ५१ मत प्राप्त गरेकी छन् ।
गाउँपालिकाको वडाध्यक्षहरुमा १ मा एमालेका प्रदिप कुमार चौधरी, २ मा जनमत पार्टीका सराजुद्वीन धुनिया, ३ मा स्वतन्त्र उम्मेदवार राम अजोर यादव, ४ मा कांग्रेसका सुरेन्द्र सिंह कुर्मी, ५ मा कांग्रेसकै विजय कुमार शर्मा, ६ मा कांग्रेसका राजकुमार लोध, ७ मा जनमत पार्टीका लाल बहादुर केवट, ८ मा एमालेका भुवन बहादुर राना मगर र ९ मा एमालेकै मीना क्षेत्री विजयी भएकी छन् । यो गाउपालिकामा अघिल्लो चुनावमा संघीय समाजवादी पार्टी (हाल जसपा) विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्