सम्मरीमाइ गाउपालिकामा कांग्रेस विजयी


appharu

७ जेष्ठ २०७९, शनिबार १२:४९ मा प्रकाशित

पालिकापत्र,सम्मरीमाई । रुपन्देहीको सम्मरीमाइ गाउपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा विनोदकुमार श्रीवास्तव र उपाध्यक्षमा कुमारी प्रियंका शाही सिंह विजयी भएका हुन् । श्रीवास्तवले ४१३४ मत पाएर निर्वाचित हुंदा निवर्तमान गाउपालिका अध्यक्ष माओवादी केन्द्रका जितेन्द्र शुक्लाले ३५०२ मत पाएका छन् । उपाध्यक्षमा कुमारीले ४००४ मत पाएर निर्वाचित हुंदा लोकतान्त्रिक समाजवादी पार्टीका विन्द्रावती गुप्ताले ३३०४ मत पाएकी निर्वाचन अधिकृत पिताम्बर भण्डारीले बताए । ७ वटा वडामध्ये नेपाली कांग्रेसले वडा नं १,३ र ४, लोकतान्त्रिक समाजवादी पार्टीले २ र ७ तथा माओवादी केन्द्रले वडा नंं ५ र ६ जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्