रुपन्देहीको मणिग्राम र मुर्गियामा सेन्चुरी कमर्सियल बैंकका १३८ औं र १३९औं शाखा


appharu

१० जेष्ठ २०७९, मंगलवार १८:३६ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । सेन्चुरी कमर्सियल बैंकले रुपन्देहीको तिलोत्तमा र सैनामैनामा शाखा सञ्चालनमा ल्याएको छ । तिलोत्तमाको मणिग्राममा १३८ औं र सैनामैनाको मुर्गियामा १३९औं शाखा सञ्चालनमा आएका हुन् । बैंकको शाखा कार्यालय उद्घाटन गर्दै बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै लगानीका धेरै संभावनाका ढोका खुलेकाले रुपन्देहीमा दुई गरपालिकामा शाखा सञ्चालनमा ल्याएको बताए । उनले पर्यटन,जलविद्युत र कृषिलाई प्राथमिकता राखेर बैंकहरुले लगानी गर्नुपर्ने धारणा राखे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरेर उत्पादनमूलक क्षेत्रमा बैंकले कर्जा प्रवाह गर्ने बताए ।
मणिग्राम शाखाको उद्घाटनमा बैंकका संचालक समिति सदस्य मनबहादुर राई, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि तिवारी, तिलोत्तमा व्यापार संघका अध्यक्ष बाबुलाल भुषाल, लुम्बिनी प्रदेश प्रमुख विष्णु तिवारी, लुम्बिनी प्रदेश उपप्रमुख यादब भट्टराई, शाखा प्रमुख अजय पोखरेल को उपस्थिति रहेको थियो ।

साथै मुर्गिया शाखा उद्घाटनमा सैनामैना नगरपालिकाको उपमयेर विना राना, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का, सैनामैना व्यापार संघका अध्यक्ष गणेश भुसाल, सैनामैनाव्यापार संघका पूर्व अध्यक्षश्री दुर्गा गौतम, शाखा प्रमुख गणेश पौडेलको उपस्थिति रहेको थियो ।

२०७८ चैत्र मसान्तसम्ममा ९२ अर्ब ९६ करोड निक्षेप संकलन र ८९ अर्ब ६५ करोड कर्जा प्रवाह गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्