नेकपा एस पारदर्शिता र सुशासनको पक्षमा : जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन


appharu

११ जेष्ठ २०७९, बुधबार १६:४० मा प्रकाशित


पालिकापत्र,काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीभित्र सुशासन र पारदर्शिता प्रवद्र्धन गर्न पार्टीका निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ भित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

महासचिव वेदुराम भुसालले ‘निर्वाचन विशेष सर्कुलर जारी गर्दै स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भइ विजयी भएकाहरूलाई सम्पत्ति विवरण सार्वजनिक गर्न र सादा एवं असल जीवनशैली अवलम्बन गर्न निर्देशन गरेका हुन् ।

जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नूहोला । निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नू होला । ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारिता र कर्तव्य निष्ठताकासाथ जनताको सेवा गर्नूहोला । निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवनशैली र असल आचरणको अवलम्बन गर्नुहोला– निर्देशनमा भनिएको छ ।

स्थानीय निर्वाचन जितेका पार्टीका जनप्रतिनिधिहरूलाई पठाइएको सर्कुलरमा पार्टी कमिटीका निर्णयहरू पालना गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्