तिलोत्तमाको मेयरमा रामकृष्ण खांणको जित,उपमेयरमा जगेश्वरी (खांणको जीवनीसहित )


appharu

१२ जेष्ठ २०७९, बिहीबार २२:५९ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खांण विजयी भएका छन् । नेकपा एमालेका मोहन चापागाईलाई पराजित गर्दै खांण विजयी भएका हुन् । ४०५ गन्न बांकी छंदा खांण ७१५ मत अन्तरले अगाडि रहेकाले उनको जित निश्चित भएको हो । सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाका अनुसार ४०५ मत गन्न बांकी रहंदा खांणले २४२०२ र चापगाईले २३४८९ मत पाएका छन् ।
खांण २०७४ को चुनावमा एमालेका बासुदेव घिमिरेसंग मेयरमा पराजित भएका थिए । २०७४ मा राष्ट्रिय जनमुक्ति पार्टीसंग गठबन्धन गर्दा पराजित भएको कांग्रेसले यसपटक माओवादी केन्द्रसंग गठबन्धन गरेको थियो । उपप्रमुखमा भने नेकपा एमालेकी जगेश्वरी चौधरी निर्वाचित भएकी छन् । चौधरीले माओवादी केन्द्रका हेमन्त पाण्डेलाई दोब्बर मतको अन्तरले पराजित गरेकी हुन् ।
१७ वटा वडा रहेको तिलोत्तमामा वडा नं ९ वाहेक १६ वडाको नतिजा आइसक्दा नेपाली कांग्रेस र एमालेले ८–८ वटा वडा जितेका छन् ।
८५ हजार ७ सय ४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ७३६ मत खसेको थियो ।

२०६६ मा पार्टीको जिल्ला सचिव भएका उनी दुई कार्यकाल सचिव भएर काम गर्दै हाल जिल्ला सभापति हुन् ।

को हुन् खांण ?
आमा टोपकुमारी खाँण र बुवा नोइन्द्र बहादुर खाँणको साइलो सन्तानका रुपमा २०२२ सालमा रुपन्देहीको मणिग्राम चार नम्बरमा जन्मिएका उनका एक छोरि एक छोरा र एक श्रीमती छन । स्याङ्गजाको रिसिङ्गकोटबाट उनको परिवार २०१७ सालमा तराइ झरेको थियो । तराइ झरेलगत्तै उनका पिताले पञ्चायत बिरोधी आन्दोलनमा रुपन्देहीबाट सक्रिय सहभागिता जनाउन थाल्नु भयो ।
बुवाकै पदचाप पछ्याउदै उनीपनि २०३५ सालदेखि पञ्चायत बिरोधी आन्दोलनमा लागे । २०३८ मा मेलमिलाप दिवस मनाउने क्रममा बुटवलमा प्रहरीको धरपकडमा मात्र परेनन केहि समय हिरासतमा बसे ।
२०४० सालको सुरजपुरा घटनामा स्वर्गीय गीरीजाप्रसाद कोइराला लगायतका नेताहरुको सुरक्षार्थ खटिएका उनी घटना लगत्तै घाइतेको उपचार तथा उद्यारमा सक्रियता पुर्वक लागे ।
२०४२ को सत्याग्रहका बेला अग्र मोर्चामै खटिएका उनी भाग्यबस जेल जानबाट जोगिएपनि जेल परेकाहरुको रिहाइ, खानपान, खवर आदानप्रदानको काममा सक्रिय भए ।
२०४६ को जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरुको नेतृत्व गर्दै आन्दोलनमा होमिए ।
२०४७ सालताका बुटवल बहुमुखी क्याम्पसमा स्ववीयु इकाइको कोषाध्यक्ष भए । बुटवलबाट आइए र किर्तिपुर क्याम्पसबाट स्नातक सम्मको अध्ययन सकेका उनी २०५४ सालमा पार्टीको जिल्ला कार्यसमिति सदस्य भए ।
२०६६ मा सचिव भएका उनी जिल्लामा दुई कार्यकाल सचिव भएर कांग्रेसको संगठलाई बलियो बनाउदै पार्टीलाइ,गतिशिल, र सुद्र्धिण बनाउदै संगठन बिस्तार गर्न जनहितका कामलाइ शसक्त रुपले अगाडी बढाउनु पर्छ भन्ने मान्यता राख्ने खाँण काँग्रेसजनका माझ स्पष्ट वक्ताको रुपमा परिचीत छन ।
हाल नेपाली कांग्रेस रुपन्देहीका सभापति हुन।

प्रतिक्रिया दिनुहोस्