बबई गाउँपालिका उपाध्यक्षसहित ६ जना कांग्रेस नेताहरुलाई कारबाही


appharu

१७ जेष्ठ २०७९, मंगलवार १७:५४ मा प्रकाशित

निशान भट्टराई पालिकापत्र, बबई । दाङको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचानमा पार्टिका उम्मेदवारलाई अन्तरघात गरेर हराएको भन्दै नेपाली कांग्रेस बबईले गाउँपालिकाले आफ्नै पार्टीबाट निर्बाचित गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्का सहित ६ जनालाई कारबाहीको माग गर्दै जिल्ला पार्टी कार्यालयमा सिफारिस गरेको छ । गत जेठ १५ गते भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टी भित्र अन्तरघात गरेको ठहर गर्दै बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्का सहित ६ जनालाई साधारण सदस्य नरहने गरी कारबाहीको माग गदै नेपाली कांग्रेस बबईले जिल्ला कार्यसमिति दाङमा सिफारिस पठाएको छ ।

कार्यपालिका सदस्यमा पराजित नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचनमा उपाध्यक्ष अन्य दुई जनाले रुखमा भोट नहाली सुर्य चिन्हमा भोट हालेको र अन्यले सुर्य चिन्हमा भोट हाल्न सहयोग गरेको भन्दै कारबाहीको माग सहित नेपाली कांग्रेस बबईमा निवदेन पेश गरेकाले सोको प्रतिलिपि सहित जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो । नेपाली कांग्रेसबाट निर्वाचित बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्का, वडा नं। ३ की दलित महिला सदस्य मि कुमारी वि।क।, योजनाकार वडा नं। ५ का क्षेत्रिय प्रतिनिधि प्रशाराम भुषाल, योजना कार्यान्वयन गर्नेहरु वडा नंं। ६ क्रियासिल सदस्य सेवेन्द्र देवकोटा, वडा नं। ४ का क्रियासिल सदस्य नर वहादुर परियार, क्षेत्रिय नं। ३ का क्षेत्रिय प्रतिनिधि उर्मिला बस्याललाई पार्टीको साधार सदस्य नरहने गरी कार्बाही गर्न माग गर्दै कार्यपालिका उम्मेदवारले नेपाली कांग्रेस बबईमा निवेदन पेश गरेका थिए ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा ३७ जना निर्वाचित मध्ये २० जना नेपाली कांग्रेस र १७ जना नेकपा एमालेले जितेको थियो । जेठ १५ गते भएको बबई गाउँपालिको कार्यपालिका सदस्यको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष खड्का सहित अन्यले सुर्य चिन्हमा भोट हालेर हार व्यहोर्नु परेको नेपाली कांग्रेसका उम्मेदवारले आरोप लगाउदै आएका छन् । कांग्रेस दाङका सभापती शंकरप्रसाद डागि त्यहाको अन्तरघात बारे छानबिन चलिरहेको र छानबिनबाट कमजोरी देखीए पार्टीले कारबाही गर्ने चेतावानी दिए । सो गाउँपालिका कांग्रेस प्रभाबशालि नेता केन्द्रिय सदस्य दिपक गिरिको निर्बाचन क्षेत्रमा पर्छ । गाउँपालिका उपाध्यक्ष खड्का दिपकका दाजु अर्का केन्द्रिय सदस्य गेहेन्द्र गिरि निकट हुन । दाजु भाइ बिचको गुटबन्दिको लडाई र टिकट बाड्दा एकलौटे गर्दा सो गाउँपालिकामा कांग्रेसकाले पार्टीको आधिकारिक उम्मेद्वार विरुद्ध मतदान गरेर एमालेलाई जिताई दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्