रुपन्देहीका १६ पालिकाले संघीय वजेटबाट कति पैसा पाए ?


appharu

१९ जेष्ठ २०७९, बिहीबार १९:२६ मा प्रकाशित

पालिकापत्र,बुटवल । संघीय सरकारको आर्थिक वर्ष ०७९–८० को वजेटमा रुपन्देहीका १६ स्थानीय तहलाई ७ अर्ब ३४ करोड ५१ लाख बजेट विनियोजन भएको छ ।

बुटवल उपमहानगरपालिकाले ८६ करोड ४३ लाख बजेट पाएको छ । जसमा समानीकरण अनुदानमार्फत ३४ करोड ८० लाख, सशर्त अनुदानमार्फत ४५ करोड २३ लाख र समपुरक अनुदानमार्फत ६ करोड ६० लाख रुपैयाँ पाउने भएको हो।

तिलोत्तमा नगरपालिकाले ८९ करोड ६९ लाख बजेट पाउने भएको छ । तिलोत्तमाले समानीकरण अनुदानमार्फत २६ करोड ७० लाख, सशर्त अनुदानमार्फत ६० करोड १९ लाख, विशेष अनुदान मार्फत १ करोड ५० लाख र समपुरक अनुदानमार्फत १ करोड २० लाख पाउने छ ।
यस्तै देवदह नगरपालिकाले ४८ करोड ६० लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५४ करोड २९ लाख, सिद्धार्थनगर नगरपालिकाले ५६ करोड र सैनामेना नगरपालिकाले ४३ करोड ७२ लाख अनुदान पाउने भएको छ ।

गाउँपालिकातर्फ सियारी गाउँपालिकाले ४३ करोड १३ लाख बजेट पाएको छ । १० वटा गाउपालिकामध्ये यो सबैभन्दा धेरै हो । ओमसतिया गाउँपालिकाले सबैभन्दा कम ३० करोड २७ लाख बजेट पाएको छ ।

कंचन गाउँपालिकाले ३५ करोड ८३ लाख, कोटहीमाई गाउँपालिकाले ३२ करोड ६६ लाख, गैडहवा गाउँपालिकाले ३५ करोड ६९ लाख, मर्चवारी गाउँपालिकाले ३३ करोड १९ लाख, रोहिणी गाउँपालिकाले ३६ करोड ११ लाख, शुद्धोधन गाउँपालिकाले ३५ करोड ४१ लाख, सम्मरीमाई गाउँपालिकाले ३४ करोड ९६ लाख र मायादेवी गाउँपालिकाले ३८ करोड ७३ लाख पाएको वजेट वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्