पालिकापत्र डटकमले माग्यो लुम्बिनीका १०९ पालिकामा संवाददाता


appharu

२३ जेष्ठ २०७९, सोमबार १५:१६ मा प्रकाशित

पालिकापत्र,कपिलवस्तु । लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर पालिका न्यूज नेटवर्क प्रालिद्वारा सञ्चालित पालिकापत्र डटकमले लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहका लागि संवाददाता माग गरेको छ ।

प्रालिले प्रत्येक पालिकाभित्रका खबरहरु गहिराईमा पुगेर खोजमूलक ढंगले नागरिकसामु पस्कने उद्देश्यले प्रदेशका सबै पालिकामा संवाददाता माग गरेको प्रालिका सञ्चालक दीपक अनुरागीले जानकारी दिए ।

‘हामीले पालिकापत्रलाई स्थानीय तह केन्द्रीत लुम्बिनी प्रदेशको पहिलो र विश्वसनीय अनलाइन न्यूज पोर्टल बनाउने योजनाका साथ तयारी गरिररहेका छौं, त्यसैले प्रदेशका १२ वटै जिल्लाका १०९ पालिकामा संवाददाता खोजेका हौं’– अनुरागीले भने–‘स्थानीय तहको बीट पत्रकारिता गर्न इच्छुक पत्रकार साथीहरुलाई स्वागत गर्न हामी प्रतीक्षा गरेका छौं ।’

प्रालिका अर्का सञ्चालक चन्द्रकान्त न्यौपानेले समग्र नेपालको विकास र समृद्धिको आधारस्तम्भ, समावेशिताको नमूना, राजनीतिको प्रारम्भ विन्दु पालिका नै भएकाले पालिकाका जनप्रतिनिधिका काम, कर्तब्यको निगरानी गर्दै स्थानीय तहलाई समृद्ध, सबल बनाउन पालिकाहरुलाई पहिलो प्राथमिकता दिएर बिट पत्रकारिता गर्ने उद्देश्यका साथ पालिकापत्र डटकम सञ्चालनमा आएको बताए ।

प्रालिले लुम्बिनी वाहेक अन्य ६ वटा प्रदेशमा प्रदेश ब्युरो संवाददाता समेत माग गरेको सञ्चालक दीपक अनुरागीले बताए ।
संवाददाता भएर काम गर्न पत्रकारिता गरिरहेका संगै कम्तीमा प्लस टु उत्तिर्ण र आधारभुत पत्रकारिता तालिम लिएका इच्छुक जोसुकैले आवदेन दिनसक्ने अनुरागीले बताए । संवाददाता भएर कम गर्न इच्छुकले [email protected] मा इमेल गर्न सक्ने अनुरागीले जनाए ।

प्रतिक्रिया दिनुहोस्