![](https://i0.wp.com/palikapatra.com/wp-content/uploads/2022/06/di-1.jpg?fit=1536%2C1176&ssl=1)
पालिकापत्र, तिलोत्तमा ।
तिलोत्तमा नगरपालिका–५ का नवनिर्वाचित जनप्रतिनिधि हिरा गिरी (डायमण्ड) ले तिलोत्तमामा सडकमा अलपत्र पुरुषलाई उद्धार गरी मानव सेवा आश्रममा पु¥याएका आश्रय दिलाएका छन् ।
तिलोत्तमा नगर प्रहरीको सहयोगमा तिलोत्तमा ५ का वडा सदस्य गिरीले तिलोत्तमाको ड्राइभरटोल सडकमा अलपत्र परेका र मानसिक सन्तुलन गुमेको जस्तो देखिने तिरथ अलीलाई मानव सेवा आश्रम बुटवलमा जिम्मा लगाएका हुन् ।
गिरी माओवादी केन्द्रबाट निर्वाचित युवा जनप्रतिनिधि हुन् । गिरी सामाजिक संस्था लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिमा समेत आवद्ध छन् ।