बुटवल उपमहानगरको प्रवक्तामा कान्छा वडाध्यक्ष शिव राना


appharu

६ असार २०७९, सोमबार १६:४२ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिकाको प्रवक्तामा बुटवल–१५ का वडाध्यक्ष शिव राना चयन भएका छन् । बुटवल उपमहानगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले रानालाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । नेपाली कांग्रेसबाट निर्वाचित उनी बुटवलका १९ वडाध्यक्ष मध्ये कान्छा वडाध्यक्ष हुन् । पहिलोपटक स्थानीय तह निर्वाचनमा उठेका रानाले पहिलो पटकमै सफलता हासिल गरेका हुन् । विभिन्न सामाजिक र खेलकुद संस्थामा समेत आवद्ध रानाले निर्वाचित भएको एक महिना नपुग्दै बुटवल १५ मा निर्माणाधीन २ अर्ब लागतको नेपालकै ठूलो थोक कृषि बजारका लागि ४ वर्षदेखि अड्किएको जग्गा प्राप्तिमा सहमति जुटाएर कुशल नेतृत्व प्रमाणित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्