लायन्स देउरालीद्वारा एक वर्षे नि:शुल्क सुगर जांच क्लिनिक सञ्चालन


appharu

२० असार २०७९, सोमबार १४:५९ मा प्रकाशित

पालिकापत्र, बुटवल । लायन्स क्लब अफ बुटवल देऊरालीले बुटवलमा एक वर्षसम्म निशुल्क सुगर (मधुमेह) जांच क्लिनिक सञ्चालन गरेको छ । बुटवल हस्पिटललाईनमा रहेको तिनाऊ प्रयोगशालामा एक बर्ष सम्म निरन्तर रुपमा प्रत्येक हप्ताको सोमबार र मंगलबार निशुल्क सुगर जाँच क्लिनिक सञ्चालन गरिएको क्लबका अध्यक्ष रमेश पाण्डेले बताए । क्लिनिकको लायन्स डिस्ट्रिक चिफ गणेश प्रसाद भट्टराईले शुभारम्भ गरेका छन् । कार्यक्रममा लायन्स क्लब अफ बुटवल देऊरालिका संस्थापक अध्यक्ष टिकाराम बंजाडे, पुर्ब अध्यक्षद्वय रमेश प्रसाद पाण्डे र लोकनाथ पाण्डे, क्लबका सचिब मोहनीलाल रिजाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्