पश्चिमाञ्चल ट्याङकर व्यवसायी संघमा पुरानै नेतृत्व


appharu

२८ असार २०७९, मंगलवार १९:०४ मा प्रकाशित

पालिकापत्र,बुटवल । पश्चिमाञ्चल ट्याङकर व्यवसायी संघ रुपन्देहीको नवौं अधिवेशनबाट पुरानै नेतृत्व दोहारिएको छ । मंगलवार सम्पन्न अधिबेशनवाट पुन: राकेश कुमार कशौधनकोे अध्यक्षतामा नेतृत्व चयन भएको छ । संघको उपाध्यक्षमा श्रवण कुमार गुरुङ्ग (लामा) ,महासचिव भुपराज अर्याल, सह–महासचिव प्रेम बहादुर घर्ति, सचिव खर्क बहादुर पुन, सह–सचिव बिष्णुदत्त पौडेल, कोषाध्यक्ष धनेन्द्र पौडेल, चयन हुनु भएको छ ।
त्यस्तै संघको सदस्यमा दिलिप कुमार अग्रहरी, मदनलाल तेली, टिकाराम न्यौपाने, हरी प्रसाद सापकोटा, अनिल जैसवाल, नर बहादुर कुँवर , सतिशचन्द्र जैशवाल , सुमित श्रेष्ठ , सन्तोष खरेल, बिकाश ढुङ्गाना , अभिषेक भारी ,बृजेन्द्र कु. कशौधन, बलराम उप्रेती, बिरेन्द्र पुन, मोहित कुमार कसौधन, दिलिप कुमार जैसवाल, परमेश्वर कानु वानियां, पुर्ण बहादुर कुँवर र सन्देश कुमार राज भण्डारी चयन भएका छन् । संघको प्रमुख सल्लाहाकारमा चोपनारायण श्रेष्ठ सल्लाहाकारमा पृथ्वीराज भुसाल, दयाशंकर प्रसाद कशौधन, महेश्वरराज पाण्डे र अजित सिंह चयन भएका छन् । संघमा एक सय बढी ट्याङकर व्यवसायी आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्