![](https://i0.wp.com/palikapatra.com/wp-content/uploads/2022/07/rom-thapa.webp?fit=1800%2C900&ssl=1)
पालिकापत्र, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. ५ ले सुत्केरी महिलाहरुका लागि निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
वडामा रहेको राजपुर स्वास्थ्य चौकीसम्म आउनका लागि वडाका सुत्केरी महिलाहरुलाई निशूल्क एम्बुलेन्स सेवा दिन लागिएको हो ।
वडाध्यक्ष रोम बहादुर क्षेत्रीले वडा समितिको पहिलो बैठकबाट वडा भित्र रहेका सुत्केरी हुने महिलाहरुलाई यसै वडाभित्र रहेको स्वास्थ्य चौकीसम्म प्रसुती गराउन निशूल्क एम्बुलेन्स सेवा दिन लागिएको बताए ।