खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही एकीकृत समाजवादीमा फर्किए


appharu

६ श्रावण २०७९, शुक्रबार ०७:२९ मा प्रकाशित

कालिकोट ।
खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाही नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ ।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका शाही बुधबार एकीकृत समाजवादीमा प्रबेश गर्नुभएको हो ।

एकीकृत समाजवादीले जनप्रतिनिधिहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गर्नुभएको हो ।

गत स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थन पाउनु भएका स्वतन्त्र उम्मेदवारको रुपमा सहभागि हुनु भएको थियो ।

निवर्तमान नगर प्रमुखसमेत रहनु भएका शाहीले २ हजार ९ सय १९ मत पाएर विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्