डाइनामिकमा चर्चित सेफ लक्ष्मण भण्डारीद्वारा नेपाली परिकारको प्रवद्र्धन


appharu

११ श्रावण २०७९, बुधबार १६:२६ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवलको डाइनामिक टेक्निकल एजुकेसनमा नेपाली खानाका परिकारको प्रवद्र्धनका लागि मोटिभेसन कार्यक्रम भएको छ ।

कार्यक्रममा ग्लोबल नेप्लीज सेफ फेडरेसनका संस्थापक अध्यक्ष लक्ष्मण भण्डारीले होटेल म्यानेजमेन्टका सय जना भन्दा धेरै विद्यार्थीहरुलाई नेपाली खानाका परिकारको प्रवद्र्धनका विषयमा प्रशिक्षण दिएका थिए ।

भण्डारीले ‘आलीदेखि थालीसम्म’ नारा बनाएर नेपाली किसानका कृषि उपजबाट बन्ने नेपाली खानाका परिकारलाई साना मझौलादेखि तारे होटेलसम्म प्रवद्र्धन गरेर स्वदेशी र विदेशी पर्यटक तथा ग्राहकलाई पस्कनुपर्नेमा जोड दिए ।

नेपाली परम्परागत खानाका परिकारहरु पोषिलो, स्वस्थवद्र्धक हुने भएकाले थप विविधिकरण गर्नसके विश्वमै उत्कृष्ट हुने बताए । देशलाई समृद्ध बनाउन विदेशी परिकार होइन, स्वदेशी कच्चा पदार्थबाट बन्ने परिकारको उपभोगमा सबैले ध्यान दिनुपर्ने बताए ।

भण्डारीले विदेशबाट आयातीत कोक,फेन्टा, स्प्राइट जस्ता पेय पदार्थको सट्टा नेपाली होटेल रेष्टुरेन्ट व्यवसायीले मही, दही,सर्वत पानी,उखुको जुस,आंपको जुस,जामुनको जुस जस्ता अर्गानिक पेय पदार्थ बनाएर खुवाउनुपर्नेमा समेत जोड दिए ।

उनले ४ वर्ष अघि चितवनमा आयोजित कृषि मेलामा पनि कोक,फेन्टा, स्प्राइटलाई निषेध गरेर प्रशंसा कमाएका थिए ।
कार्यक्रममा डाइनामिकका ८० जना र दीप बोर्डिङमा कक्षा १२ पढ्दै गरेका २० जना बढी विद्यार्थी सहभागी थिए । कार्यक्रममा डाइनामिकका प्रबन्ध निर्देशक अरुणराज मैनालीले डाइनामिकले नेपालको हस्पिटालिटी उद्योगमा स्वदेशी खानाका परिकार प्रवद्र्धन गर्ने अभियान नै चलाउने बताए ।

प्रतिक्रिया दिनुहोस्